logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जिप दुर्घटना हुँदा ५ जना घाइते


अंकुरण खबर
884
Shares

बैतडीमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका -७ सुइलेकमा जिप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका हुन् ।

बुधबार राति धनगढीबाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सु.प.प्र ०१–००१ च ३३८८ नम्बरको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरीले जानकारी दिए ।