logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहाडी भूभागको केही स्थानमा वर्षाको सम्भावना


अंकुरण खबर
2.132K
Shares

जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भूभागका केही स्थानहरुमा हुसु तथा कुहिरो लाग्नुको साथै पहाडी भूभागमा आंशिक बदली रहेको जनाएको छ ।  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ ।

यसैगरी दिउँसो  प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक  बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  यस्तै प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।