logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा रुसी युवती बलात्कार अभियोगमा दुई नेपाली पक्राउ


अंकुरण खबर
2.054K
Shares

भारतको पर्यटकीय शहर गोवामा एकजना रुसी युवतीलाई बलात्कार गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन्।

यसरी पक्राउ पर्नेमा २३ बर्षीय सकिल अन्सारी र २३ बर्षीय नै सयुम्दीन अन्सारी छन्। यी दुबैजना नेपालको बर्दिया जिल्लाका स्थायी बासिन्दा भएको गोवा प्रहरीले जनाएको छ। उनीहरुलाई डिसेम्बर ७ मा गोवाबाटै पक्राउ गरिएको थियो।

गोवा प्रहरीका अनुसार, यी दुबैले एउटी ३७ बर्षीया रुसी युवतीलाई उनी बसेको होटलको कोठामा नै बसेर बलात्कार गरेका थिए। समाचारअनुसार, यी दुबैजना सोही होटलमा सरसफाइ विभागमा काम गर्ने कर्मचारीहरु हुन्। ती रुसी युवती आफ्ना दुई साथीसहित पर्यटकीय शहर गोवाको भ्रमणमा गएकी थिइन्।

आफ्ना साथीहरुसँग मादक पदार्थसमेत सेवन गरेर ती रुसी युवती होटलको कोठामा पसेकी थिइन्। यो थाहा पाएर अभियुक्तमध्येको एकजनाले होटलमा सरसफाइ गरिदिने वाहनामा सो कोठाभित्र पसेको र नसामा रहेकी ती युवतीसँग शारीरिक सम्बन्ध राखेका थिए।