logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालेनको कटाक्ष- ‘मिडिया काठमाडौंमै अल्झिए, डोटीमा भूकम्पले ३८ सय घर भत्काउँदा समाचार बन्दैन’


अंकुरण खबर
3.263K
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूले गर्न थालेका सुधारका काममा मिडियाले आलोचना गरेकोमा कटाक्ष गरेका छन् । डोटीका भूकम्प पीडितलाई राहत रकम हस्तान्तरण गर्दै बालेनले राष्ट्रिय मिडियाले काठमाडौंमै केन्द्रित भएर समाचार लेखेको भन्दै कटाक्ष गरेका हुन् । उनले आफूले अनधिकृत संरचना हटाउँदा मिडियाले गरेको आलोचनाबारे घुमाउरो ढंगले विरोध पनि गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘नेपालका दुरदराजमा नागरिकहरुले दुख पाइरहदा काठमाण्डौमा चासो नै नहुने, समाचार नै नबन्ने अवस्था आज पनि छ । काठमाण्डौमा अनाधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बन्छ तर डोटीमा भुकम्पबाट ३८ सय टहरा भत्किदा समाचार बन्ने बिषय सम्म मानिदैन । डोटीमा कार्तिक २३ मा आएको ६.६ रेक्टर स्केलको भुकम्पले ३८ सय घरटहरा भत्काएको स्थानीय गाउँपालिकाको तथ्यांक छ । परालको टहरा बनाएर बसेको स्थानमा चितुवा आक्रमणमा मान्छे घाइते भएको छ । चितुवाको डर छदैछ, त्यसमाथि पुष महिना सुरु भइसक्यो । जाडो बढेको छ, अब हिउँ पर्न सुरु हुन्छ । जाडो र हिउँको कारणले ज्यान गुमाउन सक्ने अवस्था बन्न बेर लाग्दैन । ति पिडितहरु कसरी सुरक्षित होलान् भन्ने सार्वजनिक रुपमा चासोसम्म देखिदैन । पिडितहरुको पिडामा अरुको चिन्ता छ भन्ने अनुभुतिले मात्रै पनि उनीहरुको मनोबल बढ्नेछ । डोटीका भुकम्प पिडितका लागि सहयोगको अनुरोध काठमाण्डौ महानगरमा पनि आएको थियो । महानगरबाट विपद व्यवस्थापन अन्तर्गतको बजेटबाट १० लाख रुपैयाँ सहयोग गाउँपालिकालाई गरेका थियौँ । यो भन्दा धेरै गर्न हाम्रा आफ्नै सिमाहरु छन् । यसैले राज्य संयन्त्र, संबंधित मन्त्रालय , सांसदज्यु हरु ,सरकारी गैरसरकारी संघसंस्था तथा व्यक्तिपहलमा पनि पिडितहरुलाई सहयोग गर्न अनुरोध गर्दछौँ ।’