नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आइसकेपछि कांग्रेसले निर्वाचन परिणामको समीक्षा, संसदीय दलको नेता चयन र सरकार गठनका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउँसो ३ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको जानकारी दिए ।