logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड, ११ लाख ३९ हजार बढीको हात खाली


अंकुरण खबर
1.716K
Shares

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ आज (आइतबार) बाँडफाँड भएको छ ।

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड काठमाडौंको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको थियो।

कम्पनीले गत मंसिर २१ गतेदेखि २६ गतेसम्म ५ लाख ५४ कित्ता आईपीओ बिक्री गरेको थियो। जसमध्ये ५ प्रतिशतले हुन आउने २७  हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ५ लाख १५ हजार २२० कित्ता खरिदका लागि सर्वसाधारणले आवेदन दिएका छन्।

यो आईपीओमा १२ लाख ५८ हजार ४२१ आवेदकबाट कुल १ करोड ४३ लाख ५१ हजार ८३० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो। जसमा ११ लाख ९१ हजार २८४ आवेदकबाट परेको १ करोड ३० लाख ७८ हजार १०० कित्ता सेयर खरिदका लागि परेको आवेदन सदर भएको छ। बाँकी ६५ हजार ९२७ आवेदकबाट परेको १२ लाख ६८ हजार ६९० कित्ता रद्द गरिएको छ भने २ हजार ७० आवेदकबाट परेको १५ हजार ४० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार गोलप्रथाबाट भाग्यमानी ५१ हजार ५२२ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी सदर आवेदकमध्ये ११ लाख ३९ हजार ७६२ को हात खाली भएको छ।

यो आईपीओ अन्तिम दिन केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा आईपीओ जारी गर्ने कम्पनी र धितोपत्र बिक्री प्रबन्धक कम्पनीको वेबसाइट तथा सीडीएससीको जततउकस्ररष्उयचभकगति।अमकअ।अयm।लउरमा गएर हेर्न सकिनेछ।