logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सूर्यविनायकबाट ७ जना जुवाडे पक्राउ


अंकुरण खबर
1.053K
Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटबाट प्रहरीले ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । दधिकोटको खड्का गाउँ स्थित ३७ वर्षीय उमेश थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

जुवातास खेलिरहेको सुराकको आधारमा प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले ५९ हजार ८ सय रूपैयाँ नगद र  ६१ पत्ती तास बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।