logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सहज रुपमा सरकार गठन हुनुपर्ने थियाे, यस्ताे अलमलले देशको हित गर्दैनः केपी ओली


अंकुरण खबर
1.014K
Shares

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत मंसिर ४ गते सम्पन्न निर्वाचनले दिएकाे नयाँ जनादेशपछि सहजरुपमा सरकार गठन हुनुपर्नेमा त्यस्तो अवस्था नदेखिएको बताएका छन्। निर्वाचनमा विजयी सांसदहरुको सम्मान एवं बधाईका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मंगलबार उनले हाल उत्पन्न भएको अलमलले देशको हित नगर्ने र त्यस्तो गतिविधिमा आफूहरु संलग्न पनि नहुने बताए।

उनले निर्वाचनपछि प्राप्त भएको अभिमतले आफूहरुको मनोबल उच्च भएको बताएका छन्। नेपाली जनताले आफ्नो पार्टीलाई कुल सात प्रदेशमध्ये ६ वटा प्रदेशमा १ नम्बरको पार्टी बनाएको भन्दै उनले प्रसन्नता समेत व्यक्त गरे।

उनले निर्वाचनपछि पनि देश राजनीतिक अराजकतातर्फ गएको र आर्थिक हिसाबले सम्हाल्नै नसक्ने अवस्थामा पुगेको स्पष्ट पारे। ओलीले आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पराजित नभएको र आगामी दिनमा सुखी र समृद्ध नेपाल निर्माणका लागि आत्मविश्वासका साथ अगाडि बढ्ने पनि बताए।