logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्राफिक विशेष चेकिङ : १० जना स्कुल बसचालक कारबाहीमा


अंकुरण खबर
923
Shares

ट्राफिक प्रहरीले १० जना स्कुल बसचालकलाई कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान विभिन्न ठाउँमा गरिएको विशेष चेकिङमा अन्य ट्राफिक नियम उल्लंघन गर्ने २ सय ५४ जना चालक पनि कारबाहीमा परेका छन्।

सवारीचालक अनुमतिपत्र साथमा नलिई चलाउने ४ जना, नम्बर प्लेट स्पष्ट नभएको १ जना, लापरवाहीपूर्वक सवारी चलाउने १ जना र अन्य कसुरमा ४ जना स्कुल बसचालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

सडकमा दुर्घटना न्यूनीकरण गर्दै यात्रा सुरक्षित गराउन जाँच गरी ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।