logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिले जबरालाई आज शपथ खुवाउँदै


अंकुरण खबर
1.807K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा ज्येष्ठ प्रतिनिधि सभा सदस्य पशुपति शमसेर जबरालाई आज शपथ ग्रहण गराउँदैछिन् । बुधबार दिउँसो शितल निवासमा जबराले शपथ ग्रहण गर्न लागेका हुन् ।

उनले बुधबार राष्ट्रपतिबाट शपथ खाएपछि बिहीबार प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले बिहीबार दिउँसो १ बजे संघीय संसद भवनमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।