जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको छ।
जसका कारण तराईमा बिहानैदेखि हुस्सु लागेको छ। लुम्बिनी, सुदूरपश्चिम तथा पहाडी भू–भागमा आंशिक बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ।
बाँकी प्रदेशको मौसम सफा रहने छ। देशका अधिकांश भागको तापक्रम क्रमिक रूपमा घट्दै जाने हुँदा सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।