logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देशका पहाडी भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो


अंकुरण खबर
1.742K
Shares

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज शुक्रबार देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।