logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तस्करको मिलेमतोमा सहकर्मी प्रहरीको ह’त्या


अंकुरण खबर
1.326K
Shares

सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित सशस्त्र प्रहरीको अस्थायी पोस्ट गोविन्दपुरका इन्चार्ज (असई) सत्यनारायण यादवको शव भारतको मधुवनी जिल्लामा पर्ने घोरदह खोलामा फेला पर्‍यो । यादव तस्करविरुद्ध लागेपछि सहकर्मी प्रहरी जवानकै मिलेमतोमा उनको हत्या भएको आशंका छ ।

यादवको हत्यामा संलग्न आरोपमा सशस्त्र प्रहरी जवान होमबहादुर खत्री पक्राउ परिसकेका छन् । सशस्त्र प्रहरी स्रोतका अनुसार खत्री कारबाहीस्वरूप सहायक हवलदारबाट घटुवा भएका थिए ।

असई यादवको हत्यामा खत्रीसमेतको संलग्नता रहेको अनुसन्धान स्रोत बताउँछ । छिन्नमस्ताको मोहनपुर सुन, सुपाडी, छोकडा, स्याउ, मटर, मरिच र मदिरा तस्करीका लागि सुरक्षित नाका हो । उक्त नाका भएर हुने तस्करी रोक्न यादव लागेपछि यो धन्दामा सघाउँदै आएका जवान खत्री बिच्किएको स्थानीय बताउँछ ।

यादव सीमानाकाबाट हुने तस्करी र अवैध कारोबारको विपक्षमा थिए । ‘खत्री माथिल्लो कमान्डका लागि तस्करसँग सेटिङ मिलाउने गर्थे,’ एक स्थानीयले भने, ‘भित्री कुरा त थाहा भएन तर असई यादवको हत्याको कारण तस्करीसम्बन्धी विवाद नै हुनुपर्छ ।’