logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल टी २० : काठमाडौंको विजयी सुरुवात


अंकुरण खबर
2.041K
Shares

काठमाडौं नाइट्सले पहिलो संस्करणको नेपाल टी २० फ्रेन्चाइज लिगमा विजयी सुरुवात गरेको छ ।

 किर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको खेलमा काठमाडौँले पोखरा एभेन्जर्सलाई २६ रनले हरायो ।  एक सय ६३ रनको मध्य लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा सात सबै विकेट गुमाउँदै एक सय ३६ रनमा सीमित बनेको थियो ।  

ओपनर उपुल थरङ्गाले बलियो सुरुवात गरे पनि बाँकी खेलाडीले साथ नदिँदा पोखरा पहिलो खेलमै स्तब्ध बन्यो । श्रीलंकाका ओपनर उपुलले पोखराकोलागि ३४ बलमा ६ छक्का सहित ४४ रन बनाएका थिए । आरिफ शेखले २० रन बनाउँदा अमिर हाम्जा, अभिमन्यु मिथुनले समान १८ रन जोडे । सिद्धान्त लोहनी १३ रनमा अविजित रहे । बाँकी खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । बलिङतर्फ काठमाडौंका अभिनाश बोहराले सर्वाधिक तीन विकेट लिए । यसैगरी, बसिर अहमदले २ तथा अनिल खरेलले १ विकेट लिएका थिए ।