प्रधानमन्त्री पदको विषयलाई लिएर सत्ता समीकरण बनाउन दलका नेताबीच तीव्र गृहकार्य भइरहेको छ। सत्ता समीकरणकै लागि शीर्ष नेताको भेटघाट बाक्लिएको छ भने अब को प्रधानमन्त्री को भन्ने विषय थप पेचिलो बन्दै गएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री चयन गर्न दलहरूलाई दिएको समयसीमा भोलि ९आइतबार० साँझ सकिँदैछ। यो समयसीमा सकिनुअघि नै अबको प्रधानमन्त्री टुंग्याउन वर्तमान सत्ता गठबन्धनका शीर्ष नेताको गृहकार्य जारी छ।
यही क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक भेटघाट तीव्र बनेको छ। आफैँ प्रधानमन्त्री बन्ने लाइनमा रहेका प्रचण्डले सत्ता गठबन्धनका नेता तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाल निवास कोटेश्वर पुगेर भेटेका छन्।