logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस सांसदहरूको बैठक बस्दै


अंकुरण खबर
1.586K
Shares

नेपाली कांग्रेस सांसदहरुको बैठक बालुवाटारमा बस्ने भएको छ । आज (शनिबार) दिउँसो साढे १२ बजे उक्त बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सांसदहरूलाई बालुवाटार केहीबेरमा बस्ने बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् । बैठकमा नयाँ सरकार र समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए ।

देउवा दलको नेतामा निर्वाचित भएपछिको यो सांसदहरूसँग पहिलो छलफल हो । कांग्रेस प्रतिनिधिसभा सदस्य ८९ जना छन् ।