नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ (२) अनुसार आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
राष्ट्रपति भण्डरीले नयाँ सरकार गठनको लागि दिएको समयसीमा आज साँझ ५ बजेबाट सकिँदै थियो। यस्तोमा प्रचण्डले सात पार्टीका १६९ सांसदको समर्थनमा प्रधानमन्त्री भएका हुन् ।
प्रचण्डलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राप्रपा, जनमत पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्तिसहितका १६९ सांसदले समर्थन गरेका छन्।
तिनै सांसदहरुको समर्थन लिएर प्रचण्डले राष्ट्रपतिले दिएको समयसीमाभित्र नयाँ सरकार गठनको दाबी राष्ट्रपति समक्ष पेश गरका हुन्।