एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्रीसहित मुख्य तीन पदमा सहमति भएको छ ।
माओवादीबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन् भने राष्ट्रपति र सभामुख एमालेबाट हुने सहमति भएको छ । पावर शेयरिङमा सहमति जुटेपछि १६६ सांसदको समर्थन लिएर प्रचण्ड प्रधानमन्त्री बनेका छन् ।
सभामुखमा भने एमाले र माओवादीबीच आलोपालो हुने सहमति भएको माओवादी नेताहरूले बताएका छन् । पहिलो चरणमा सभामुख एमालेबाट हुनेछन् । प्रधानमन्त्री पनि आलोपालो हुने जनाइएको छ । दोस्रो चरणमा एमालेबाट प्रधानमन्त्री बन्दा माओवादीबाट सभामुख बन्ने जनाइएको छ ।