logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विभिन्न देशमा अंग्रेजी नयाँ वर्ष २०२३ मनाइदै


अंकुरण खबर
1.911K
Shares

दुई वर्षको कोभिड अवरोधपछि अष्ट्रेलियले आफ्नो पहिलो प्रतिबन्धबिनाको नयाँ वर्ष मनाइरहेको । नयाँ वर्षको पूर्वसन्ध्यामा लाखौँ मानिस सिड्नीको बन्दरगाहमा भेला भएर ठूलो आतिशबाजी गरेका थिए।

सिड्नी नयाँ वर्षमा स्वागत गर्ने विश्वको पहिलो प्रमुख सहरहरू मध्ये एक हो र यसको प्रतिष्ठित ओपेरा हाउसमा आतिशबाजी प्रदर्शनको साथ विश्वभरका विशाल टिभी दर्शकहरूलाई आकर्षित गर्दछ।

यस्तै भारत, चीन, बेलायत, अमेरिका, फ्रान्सलगायत विश्वका प्रायःदेशका नागरिकले विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष २०२३ लाई स्वागत गरिरहेका छन् ।

नयाँ वर्ष मनाउन चीनको वुहानमा शनिबारको मध्यरातमा हजारौँ मानिस भेला भएका थिए । उता उत्तर कोरियाले भने परम्परागत रुपमा मिसाइल प्रहार गरेर नयाँ वर्षलाई सांकेतिक रुपमा स्वागत गरेको छ ।