logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अन्यौलमा, कहिले होला चुनाव ?


अंकुरण खबर
1.794K
Shares

 संविधान त राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन पदावधि सकिनुुभन्दा एक महिना अघि गर्नुपर्ने व्यवस्था छ ।

तर, राष्ट्रपति र उपराष्ट्रपति बहालमा रहँदा नयाँ पदको शपथ कसरी गर्ने भन्ने स्पष्ट व्यवस्था नहुँदा निर्वाचन आयोग अन्यौलमा परेको हो । सोही विषयमा प्रष्ट भएर आयोगले निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।

संविधानको धारा ६३ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको कार्याकाल ५ वर्षको हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि आगामी फागुन २९ गते सकिदै छ भने उपराष्ट्रपतिको पदावधि चैत्र ९ गते सकिदैछ । कानुनी

व्यवस्था अनुसार २९ माघभित्र राष्ट्रपति र ९ फागुनभित्र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।

अन्यौलबारे स्पष्ट हुन आयोगले आज प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने तयारी गरेको छ ।

पहिलो पटक नेपाली कांग्रेसबाट राष्ट्रपतिमा डा.रामवरण यादव र उपराष्ट्रपतिमा परमानन्द झा निार्वचित भएका थिए । दोस्रो पटक नेकपा एमालेबाट विद्यादेवि भण्डारी राष्ट्रपति र उपराष्ट्रपतिमा माओवादीबाट नन्दबहादुर पुन निर्वाचित भएका थिए । २०७४ सालमा भएको निर्वाचनमा भण्डारी र पुन नै राष्ट्रपति र उपराष्ट्रपतिमा पुनः निर्वाचित भएका थिए ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा प्रतिनिधि सभा सदस्यहरु, राष्ट्रिय सभाका सदस्यहरु प्रदेशसभाका सदस्यहरुे मतदान गर्न पाउछन् ।