आजदेखि तीन दिन वर्षा तथा हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसोचाहिँ प्रदेश १ को हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुन सम्भावना छ। यसपछि शनिबार रातिसम्म कतै वर्षा तथा हिमपात हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ।