देशभर तापक्रम क्रमशः घट्दो क्रममा छ । चिसो बढ्दै गएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंको यो वर्ष आजसम्मकै कम हो । काठमाडौंको हिजो बिहानको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो ।
आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५.८ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका अनुसार यस दिन वीरेन्द्रनगरको न्यूनतम तापक्रम ३, दिपायलको ३.७, पोखराको ४.५, डडेलधुराको ४.६, ताप्लेजुङको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ ।