logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुढानिलकण्ठको चुनिखेलमा बसको ठक्‍करबाट बालिकाको मृत्यु


अंकुरण खबर
1.417K
Shares

काठमाडौंको बुढानिलकण्ठ चुनिखेलमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ।

सोमबार बिहान साढे ९ बजे बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलमा बसले ३ वर्षीया नाबालिकालाई ठक्कर दिएको हो।

बा २ ख ६००६ नम्बरको संयुक्त यातायात बसले सोही स्थानमा बस्ने ३ वर्षीया नाबालिकालाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

दुर्घटनापछि प्रहरीले उनलाई तत्काल करूणा अस्पताल लगेको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो।