logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नगरप्रमुखसहित ६ जनाविरुद्ध ४ करोड बढीको भ्रष्टाचार मुद्दा


अंकुरण खबर
1.534K
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

स्याङ्जा गल्याङ नगरपालिकाका तत्कालिन नगर प्रमुख भुपराज अधिकारी,प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे,लेखापाल राजेन्द्र रेग्मी,आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालि तीनकुने काठमाडौंका प्रतिनिधि शिवप्रसाद न्यौपानेलगायत ६ जनाविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

अदुवाको बीउ खरिदमा अनियमितता गरी भ्रष्टार गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा तत्कालीन नगर प्रमुख अधिकारीले १३ लाख रुपैयाँ नगरपालिकालाई हानी पुर्‍याएको देखिएको अख्तियारको ठहर छ। अधिकारीसँग १३ लाख रुपैयाँ बिगो माग गरिएको छ।