देशभर पश्चिमी निम्नचापीय प्रणालीको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानको मौसम आज बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ।
तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।