logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति आवश्यक : भट्टराई


अंकुरण खबर
2.106K
Shares

नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  बाबुराम भट्टराइले राष्ट्रपति निर्वाचनमा सर्वसम्मत भए उपयुक्त हुने बताएका छन् । शनिबार गृहजिल्ला गोरखा आएका भट्टराईले पत्रकारसँगको कुराकानीमा राष्ट्रपतिमा प्रमुख शक्तिबीच राष्ट्रिय सहमति हुनुपर्ने बताएका हुन् ।

अभिभावकीय भूमिका भएकाले पनि राष्ट्रपति पदमा राष्ट्रिय सहमति भएमा राम्रो भट्टराईको भनाइ छ । ‘सकेसम्म सरकार निर्माणलगायतका विषयमा ५ वर्ष राष्टिय सहमति गरेर जाऔँ, नभए कम से कम देशको अभिभावकका रूपमा परिकल्पना गरिएको राष्टपति सर्वसम्मतिले गरौँ भन्ने बहस चलिरहेको छ,’ उनले भने,‘ त्यसमा को व्यक्तिमा सहमति बन्छ अहिलै भन्न सकिने अवस्था चाहिँ छैन ।’

‘राष्ट्रपतिमा तपाईँको चर्चा छ नि’ भन्ने पत्रकारको प्रश्नमा भट्टराईले भने,‘राष्ट्रिय सहमतिको निमित्त निरन्तर पैरवी गरेको छु, सायद त्यसैमा आधारित भएर शुभेच्छुकहरूले म पनि एउटा पात्र हुन सक्छु भनेर चर्चा चलाउनुभएको छ, म आफैले त्यसलाई त्यस्तै रूपमा बुझ्नु समयभन्दा अलि अघि हुन्छ जस्तो लाग्छ ।’

नेपालको राजनीतिमा देखिएको अन्योल र अस्थिरताको संकेतलाई हल गर्न पनि राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताए ।