logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रवि लामिछाने नागरिकता लिएर उपनिर्वाचन लड्न सक्छन् : एमाले उपाध्यक्ष नेम्वाङ


अंकुरण खबर
2.288K
Shares

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले दिएको आदेशलाई स्वभाविक रूपमा लिनुपर्ने बताएका छन् ।

कानून बमोजिम जो कोही माथि मुद्दा चल्न सक्ने भएकाले यसलाई आश्चर्यको रूपमा दिन नहुने उनले बताए ।

नेम्वाङले नागरिकता लिएर लामिछाने उपनिर्वाचन लड्न सक्ने पनि बताएका छन् ।

शनिवार पार्टी कार्यालय च्यासलमा आयोजित सहिद स्मृति कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गदै नेम्वाङले राष्ट्रपतिको हकमा यसअघि भएको सहमतिअनुसार एमालेले नै उम्मेदवार खडा गर्ने बताए ।

राष्ट्रपतिका विषयमा अध्यक्ष केपी ओलीले पनि छलफल गरिरहनुभएको उनले बताए । नेम्वाङले राष्ट्रपतिका विषयमा अन्य दलहरूसँग सल्लाह गर्ने माओवादीको निर्णयलाई अन्यथा मान्न नहुने र एमालेको उम्मेदवारमाथि नै राष्ट्रिय सहमति खोज्ने नै भएको जिकिर गरे ।