logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुवाको हत्या गरेको अभियोगमा पक्राउ


अंकुरण खबर
1.95K
Shares

संखुवासभामा एक युवकले आफ्नै बुवाको हत्या गरेका छन् ।

भोटखोला गाउँपालिका-५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या गरेको अभियोगमा उनको छोरा २८ वर्षीय प्रेमकुमार राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरायसी वादविवादमा प्रेमकुमारले लाठी प्रहार गरी कुटपिट गर्दा गम्भीर घाइते भएका गोठेको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा शनिबार बिहान बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी स्याक्सिलागोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।