logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्भर डाउन हुँदा रोकिएको अन्तर्राष्ट्रिय उडान सञ्चालन


अंकुरण खबर
3.159K
Shares

शनिबार सर्भर डाउन हुँदा रोकिएका अन्तर्राष्ट्रिय उडान फेरि सुरु भएका छन् । शनिबार दिउँसो करिब साढे तीन घण्टा उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

सर्भर डाउन हुँदा केही समय समस्या भए पनि अहिले उडान सामान्य रूपमा भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।

अहिले अन्तर्राष्ट्रिय  विमानहरू अवतरण पनि भएका र उडान पनि भएको अध्यागमन कार्यालयले जनाएको छ । सरकारी सर्भर डाउन हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडान रोकिएको थियो ।