रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बिएको छ ।
लामिछानेले राष्ट्रिय परिचयपत्र पनि बनाउने भएपछि नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले बताए ।
शुक्रबार सर्वोच्च अदालतले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो । सोही अनुसार लामिछाने अहिले नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छन् ।