राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्ट भएका नेपाल सरकारका वेबसाइट अझै पनि पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।
शनिबार एकै पटक धेरै साइटबाट साइबर आक्रमण हुँदा सम्पूर्ण सरकारी साइटहरू डाउन भएका थिए । डाउन भएको करिब तीन घण्टा पश्चात् वेबसाइट पुन: सञ्चालनमा आएको भएपनि सबै साइटहरू अझै पनि राम्रोसँग खुल्न सकेका छैनन् ।
अझै पनि वेबसाइटहरुमा आक्रमण हुने क्रम जारी छ । “वेबसाइटमा अहिले पनि आक्रमण भइरहेकाे छ,” केन्द्रका सूचना अधिकारी रमेश पोखरेल भन्छन्, “हिजोको तुलनामा आज भने आक्रमण केही कम भएको छ । तर केही वेबसाइट खोल्दा समस्या आउने क्रम बाँकी नै छ ।”