logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नेपाल विश्वको ११०औं भ्रष्ट देश, चीन–भारतमा भन्दा बढी भ्रष्टाचार


अंकुरण खबर
1.56K
Shares

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले माघ १७ गते सार्वजनिक गरेको रिपोर्ट अनुसार, नेपालले १०० मा ३४ अङ्क प्राप्त गरेको छ। ९० अङ्क प्राप्त गरेको डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने देश बनेको छ। गत वर्ष नेपाल ३३ अङ्क सहित ११७औं स्थानमा थियो।

सन् २०२२ मा विश्व ब्यांक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भी–डीईएम सहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणका आधारमा सीपीआई सार्वजनिक गरिएको टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले जानकारी दिइन्।

दक्षिणएशियाली देशमा नेपाल पाँचौं बढी भ्रष्टाचार हुने देश बनेको छ। ४५ अङ्क प्राप्त गरेको उत्तरी छिमेकी चीन ६५औं स्थानमा छ।