ओखलढुंगाको हिलेपानीमा गाडी दुर्घटनामा हुँदा ७ जना घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरुको जनसेवा हेल्थ केयर सेन्टर घुर्मीमा उपचार हुँदै छ । घाइतेको थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी हुँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनामा घाइते हुनेहरुबारे विस्तृत विवरण आउन बाँकी छ ।