logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड केपी ओलीको पनि नेता होः माओवादी नेता


अंकुरण खबर
1.469K
Shares

नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद माधव सापकोटाले रवि लामिछानेले फेरि गृहमन्त्री हुन हतार गर्न नहुने औंल्याएका छन् ।
‘सर्वोच्च अदालतको फैसलाको अन्तिम र पूर्णपाठ अनि जनताको प्रतिक्रिया हेरेर थप कुरा भन्न सकिन्छ । रवि लामिछानेका निम्ति हिजोको जस्तो परिस्थिति छैन । उहाँ अहिले सांसद होइन, आम नागरिक मात्र हुनुहुन्छ । उपनिर्वाचन होला । गृहमन्त्री हुन यति हतारो गर्नुपर्ने कारण छैन । गृह मन्त्रालयमा उहाँका बारेमा अझै छानबिन टुंगिएको छैन । त्यसैले उहाँले धैर्य गरेर सरकारलाई बलियो र सफल बनाउनुपर्छ । तत्काल सत्ताका लागि कुद्ने कुराले कसैलाई राम्रो गर्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सापकोटाले भने । गृह मन्त्रालय नभए सरकारमा रहन्नौं भन्ने शैलीको कुरा नगर्न पनि उनले आग्रह गरे ।