logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतबाट बढेर आयो इन्धनको मूल्य


अंकुरण खबर
1.937K
Shares

भारतीय आयल कर्पोरेशन (आईओसी)ले इन्धनको नयाँ मूल्य निर्धारण गरेको छ ।

नेपाल आयल निगमका अनुसार मंगलबार (आज) साँझ १२ बजेदेखि लागू हुनेगरी बढेर नयाँ मूल्य पठाएको हो ।

नयाँ निर्धारित मूल्यमा पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले बढेको छ ।

त्यस्तैगरी मट्टितेलको मूल्य एक लिटरमा ४ रुपैयाँ ८० पैसा, हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेको हो ।

उता खाना पकाउने ग्याँसको भने मूल्य परिवर्तन भएको छैन ।