logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा ओली-प्रचण्ड भेट


अंकुरण खबर
1.794K
Shares

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

भेटमा राष्ट्रपतिको निर्वाचन र गृह मन्त्रालयबारे छलफल भएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अल्टिमेटमा आज सकिँदै छ ।

 

भागबन्डामा परेको गृह मन्त्रालय आफूहरूलाई दिनुपर्ने अडान लिँदै आइरहेको छ। तर, प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेको नागरिकता र पासपोर्टको विवाद नसल्टिएकाले तत्काल गृह मन्त्रालय आफूसँगै राख्ने जवाफ दिँदै आइरहेका छन्।