logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको तापक्रम ६.८ डिग्री सेल्सियस


अंकुरण खबर
1.105K
Shares

देशभरको मौसम सामान्यतया सफा छ। केही उच्च पहाडी भू–भागमा बादल लागिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए।

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार दिउँसो काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम सफा नै रहने छ। तर प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्र आंशिक बदली रही हल्का हिमपातको सम्भावना छ।

बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस मापन भएको मौसमविद् पौडेलले बताए।