logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुर थाना बजारमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै


अंकुरण खबर
5.161K
Shares

मकवानपुर जिल्ला थाहानगरपालिका ४,थाना बजारमा नि: शुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण हुने भएको छ ।

यही फाल्गुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एक दिन नि:शुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण हुन लागेको हो ।

मनमोहन शिक्षणअस्पताल स्वयम्भू र पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संयुक्त रुपमा शिविर सञ्चालन गर्न लागेका हुन् ।

शिविरमा अस्पतालका वरिष्ठ सर्जन डा.मुज श्रेष्ठ, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.मनोर दिन सैयद, रेडियोलोजिष्ट डा.रुकेशमान
शाक्यले स्वास्थ्य परीक्षण गर्ने छन् । त्यस्तै हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.मंगल हिराचन, जनरल मेडिसिन डा.राजेन्द्र ढुंगाना लगाएत आवश्यक जनशक्ति जाने सम्पूर्ण तयारी पुरा भएको अस्पतालको मार्केटिंन विभागले जनाएको छ ।

देशको विभिन्न दुर्गम क्षेत्रमा पुगी स्वास्थ्य शिविर र समाजसेवा गरेका डा.मनोर दिन सैयद सहितको विशेषज्ञ टिम उत्त शिविरमा सहभागि हुने भएकाले स्थानियहरुलाई मौकाको फाइदा लिन आयोजकले आह्वान गरेका छन् ।

शिविरमा स्वास्थ्य परीक्षण गराउने व्यक्तिहरुलाई आवश्यक्ता अनुसार थप उपचार र अनुसन्धानको लागि मनमोहन अस्पताल आउन परेमा बिशेष छुट
को व्यवस्था समेत गरिएको छ ।