logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ रवि लामिछानेबारे सर्वोच्चको आदेश


अंकुरण खबर
1.625K
Shares

तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ।

चितवन–२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्दै माघ १३ गते लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद खारेज गरेको थियो। सर्वोच्चले मंगलबार सोही फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो।

आउँदो वैशाख १० गते चितवन–२ मा उपनिर्वाचन हुँदैछ। लामिछाने पुनस् उम्मेदवारी दिने तयारीमा छन्। फैसलाको पूर्णपाठ आएसँगै लामिछानेलाई पुनस् उम्मेदवारी दिने बाटो खुलेको छ।