logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महेश बस्नेत भेट्न भक्तपुर पुगेका बालेनले राखे सहकार्यको प्रस्ताव


अंकुरण खबर
1.027K
Shares

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतबीच भेटर्वाता भएको छ ।

आज विहान मेयर शाह बस्नेत भेट्न उनको निवास भक्तपुरस्थित गुण्डु पुगेका हुन् । भेटमा शाहले विगतको असमझदारीलाई टुंगाएर सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेको नेता बस्नेतले बताए । बालेनको प्रस्तावपछि आफूले सकारात्मक काममा सहयोग र सहकार्य गर्न तयार रहेको जवाफ दिएको उनले बताए।

मेयर शाहले एमाले नेता बस्नेतको घरमा लन्चसमेत गरेका छन् । उनले सूर्यविनाय नगरपालिकामा भइरहेको विकास निर्माणका कार्यको अवलोकनसमेत गरेका छन् ।