logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कहिलेदेखि सुध्रिएला मौसमर?


अंकुरण खबर
1.339K
Shares

जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको बताएको छ। जसले गर्दा देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ।

अहिले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँ, कोशी प्रदेशका थोरै र बाँकी प्रदेशका एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि काठमाडौं उपत्यकासहित कोशी, वाग्मती र गण्डकीमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले आज उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको पनि बताएका छन्।

आज राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली नै रहनेछ। देशका पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
आज रातिसम्म मौसम सक्रिय रहे पनि भोलिदेखि भने क्रमिक सुधार हुने अधिकारीले बताए।