logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आज मौसम सफा रहने


अंकुरण खबर
1.274K
Shares

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा शुक्रबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भूभागमा अहिले आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ।

दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ।

शुक्रवार राति कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको माहाशाखाले जनाएको छ। महाशाखाले मेघगर्जन, चट्याङबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन भनेको छ।