क्रिकेटर सन्दीप लामिछानेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइको पेसी न्यायाधीश शंकरराज बरालको इजलासमा परेको छ। जिल्ला अदालत काठमाडौं न्यायाधीश बरालको इजलासमा तेस्रो नम्बरमै लामिछानेको पेसी परेको हो।
लामिछानेको मुद्दाको यो अन्तिम फैसलाअघिको पेसी हो। सुनवाइ सकिएपछि फैसला आउनेछ। आज सुनुवाइ भएर सकिए वा हेर्दाहेर्दैमा राखेमा केही दिनमै अन्तिम फैसला आउनेछ।
पीडित किशोरीको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी गरिएको छ।