पोखरा म्याग्दीको धौलागिरी बेसक्याम्पमा ल्यान्ड गर्ने क्रममा हेलिकोप्टर दुर्घटना भएको छ ।
धौलागिरी बेसक्याम्पमा ल्यान्ड गर्ने क्रममा एभरेष्ट हेलिकोप्टर दुर्घटना भएको बताइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले दुर्घटनाको जानकारी आएको बतायो ।
त्यसमा कति जना सवार थिए र अवस्था के छ भन्ने खुलेको छैन ।