logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सिन्धुलीमा कार दुर्घटना,चार जनाको मृत्यु


अंकुरण खबर
1.95K
Shares

सिन्धुलीमा गएराती कार दुर्घटना भएको छ ।

कार दुर्घटनामा परि ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । कमलामाई नगरपालिका वडा नं। ३ सिन्धुलीगढी गेट नजिक विपी राजमार्गमा मंगलबार राती साढे १२ बजे कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा परि ३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । एकजना घाईते छन । घाइतेको सिन्धुली अस्पतालमा उपचार गरि थप उपचारका लागि धुलिखेल अस्पताल पठाईएको छ ।