logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एमाले पनि मैले नै बनाएको पार्टी हो – माधव नेपाल


अंकुरण खबर
2.028K
Shares

नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई सम्बोधनमा  अध्यक्ष माधव नेपालले देश निर्माणका लागि समाजवादी मोर्चा बनाएर जानुपर्ने बताएका छन्।

उनले  ‘जतिबेला हामीले मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको विचार अगाडि सारेका थियौं। त्यसबेलामा हामीले कम्युनिष्ट पार्टीहरुबीच सहकार्य गर्नुपर्छ भन्ने मान्यता बोकेका थियौं। त्यो अहिले यथार्य भएछ। हामी मात्रै शुद्ध कम्युनिष्ट पार्टी भनौं माओवादी केन्द्र छ। माओवादी मात्रै भनौं फेरि उता नेकपा एमाले छ। जुन पार्टी मैले नै बनाएको हो। हामीले नै बनाएको हो’ भनेका छन्।

उनले कम्युनिष्ट पार्टीको सरकार कतिपयलाई नपचेकाले अहिले षड्यन्त्र भइरहेको बताए। गठबन्धनको सरकारलाई पाँच बर्ष टिकाएर जनताको काम गर्नुपर्ने उनको भनाइ छ।