बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले ऋण नर्तिन दुरुत्साहन गर्नेविरुद्ध मुद्धा हाल्ने भएको छ । परिसंघको १४औँ बैठकले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा–ब्याज नतिर्न दुरुत्साहन गर्ने विरुद्ध मुद्धा हाल्ने निर्णय गरेको हो ।
परिसंघले बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने काम नगर्न समेत अनुरोध गरेको छ ।
परिसंघले पनि विज्ञप्तीमार्फत बैंक तथा वित्तीय संस्थाविरुद्ध गतिविधि गर्नेलाई कानुनतः जस्तोसुकै कठोर कद चाल्न पनि तयार रहेको जनाएको छ ।