प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।
बैठक बिहान ११ बजे शुरु हुनेछ। बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ। संघीय संसद भवन,बानेश्वरमा बैठक बस्नेछ। बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट माथिको सामान्य छलफल जारी रहनेछ।
सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले धारणा राख्ने क्रम जारी रहेकाले बिहीबार पनि छलफल जारी रहने भएको हो।