logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निजी क्षेत्रसँगको सहकार्यविना देश विकास सम्भव छैन : प्रधानमन्त्री दाहाल


अंकुरण खबर
1.287K
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक पटक आर्थिक क्रान्ति गर्नु पर्ने समय आएको बताएका छन् ।

बिहीवार आइएमई गु्रपद्वारा बुटवलमा निर्माण गरिएको लुम्बिनी केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको अथतन्त्रलाई उठाउन एक पटक सबै मिलेर आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।

कार्यक्रममा प्रधामन्त्रि दाहालले भने, ’अहिलेको विकास मोडलबारे पनि नयाँ ढंगले सोच्नु पर्छ । दुर्घटनाग्रस्थ अवस्थामा पुगेको अर्थतन्त्रले बिस्तारै लय समातेको छ । लगानीका सम्भावनाहरू खोजी गरी आर्थिक सीमाभित्र रहेर विकास निर्माणमा केन्द्रित हुन एकपटक आर्थिक क्रान्ति र समृद्धितर्फ जानुपर्ने अवस्था आएको छ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेको प्रधानमन्त्री प्रचण्डले ठप्प भएको अर्थतन्त्रलाई चलायमान बनाउन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालन गर्ने तयारीमा रहेको बताए । त्यस्तै पहिलेको तुलनामा अहिले मुलुकको आर्थिक अबस्था केही मजबुद भएको र  अहिले माग्ने अवस्था नरहेको बताए ।

सरकार देश विकासका लागि निजी क्षेत्रसँग लगानीका सम्भावना खोजी गर्न खुला रहेको प्रधानमन्त्री दाहालको भनाई थियो । उनले भने ‘निजी क्षेत्रलाई दह्रो बनाउन म प्रष्ट छु, निजी क्षेत्रसँगको सहकार्यविना देश विकास सम्भव छैन ।