logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नेप्सेमा सामान्य बृद्धि, ९३ कम्पनीको बढ्यो सेयर मूल्य


अंकुरण खबर
1.027K
Shares

बिहिबार दिनभर जसो अस्थिर बनेको सेयरबजारमा अन्तिम समय सुखद रहन पुग्यो ।

अन्तिममा बजार उकालो लाग्दा समग्रमा ७.२७ अंकको बृद्धि देखिएको हो।

बिहीबार १९३३ अंकबाट शुरु भएको बजारले अधिकतम विन्दु १९४६ चुमेपनि १९३९.६१ अंकमा आएर बन्द भएको छ। सामान्य अंकले बढेको बजारमा २ सय ७३ कम्पनीको २ अर्ब ३० करोडको शेयरकारोबार हुँदा ९३ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ।

बढ्नेमा डोल्टी पावर कम्पनी अगाडि देखिएको छ भने भूगोल इनर्जी दोस्रोमा देखिएको छ। यी दुवै क्रम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। घट्नेमा भने आज १ सय १४ वटा कम्पनी छन्। जसमा रिभरफल्स पावर कम्पनी र खप्तड लघुवित्त अगाडि छन्। यी दुवै कम्पनीको क्रमश ६।६४ र ३।९४ प्रतिशतले सेयरमूल्य घटेको हो।

कारोबारको आधारमा भने आज आइजीआई प्रुडेन्सियल अगाडि छ। यसको १० करोडको सेयर खरिद बिक्री भएको हो।